२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

एमाले संसदीय बोर्ड गठन, विधान संशोधन गर्न कार्यदल

५ चैत, काठमाडौँ ।  नेकपा एमालेको संसदीय दलको विधान संशोधन हुने भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा जारी दलको बैठकले विधान संशोधन सम्बन्धी प्रस्ताव तयार पार्न कार्यदल गठन गरेको हाे । त्यस्तै बैठकले नेकपा एमालेको संसदीय दलको बोर्ड गठन गरेकाे छ ।

 

सांसदहरुले नियम उल्लंघन गरे संसदीय बोर्ड बैठकले कार्वाही गर्ने वैधानिक व्यवस्था रहेकाले आजको बैठकले बोर्ड गठन गरेको हो । विधान संशोधन कार्यदलमा प्रमुख सचेतक विशाल भट्टराई, पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ रहनु भएकाे छ ।

प्रकाशित मिति : 13:31