एनसीसी बैंकले चैत्र १३ गतेदेखि ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, कति छ व्याज ?
५ चैत, काठमाडाैँ । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) ले चैत १३ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले १० वर्ष अवधिकाे लागि “९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” नाममा ऋणपत्र निष्कासन गर्न लागेकाे हाे । बैंकले प्रतिऋणपत्र १ हजार अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री गर्न लागेको हो।

सर्वसाधारणमा बिक्री गरिने ऋणपत्रमध्ये ६० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ। त्यसैले, सर्वसाधारण लगानीकर्ताहरुले कुल ११ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । चैत्र १३ गतेबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा चैत्र १८ गतेसम्म र ढिलोमा चैत्र २७ गतेसम्म आवेदन दिन सकिनेछ । ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति : March 18, 2021 at 12:28 pm









