माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला शुरू, झलनाथले गरे अध्यक्षता
४ चैत, काठमाडाैँ । नेकपा एमालेको माधव नेपालपक्षीय राष्ट्रिय कार्यकर्ता भेला शुरू भएको छ । भेलाको अध्यक्षता वरिष्ठ नेता झलनाथ खनालले गरेका छन् । ललितपुरको सानेपास्थित हेरिटेज ब्यांक्वेटमा आज र भोलि भेलाको आयोजना गरिएको हो ।

पार्टीमा आन्तरिक विवादका बीच अब कसरी अघि बढ्ने भन्ने भेलाले रणनीति बनाइने र लिखित दस्तावेजमाथि छलफल हुने बताइएको छ ।
प्रकाशित मिति : 12:57









