२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

सर्वदलीय बैठक शीतल निवासमा जारी, बैठकमा उपस्थित हुनेकाे नामावलिसहित

३ चैत, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक शीतल निवासमा जारी छ। राष्ट्रपति भण्डारीले समयसामयिक विषयमा छलफल गर्नका लागि  सर्वदलीय बैठक आव्हान गर्नुभएकाे हाे ।

बैठकमा नेकपा एमालेका तर्फबाट अध्यक्षसमेत रहनुभएका केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल र रामबहादुर थापा बादलकाे उपस्थिति रहेकाे छ ।

यस्तै बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधी र शशांक कोइाराला उपस्थित हुनुभएकाे छ । यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागि हुनुभएकाे छ ।

यस्तै जसपाबाट महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो उपस्थित हुनुभएकाे छ भने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागि हुनभएकाे । राप्रपाबाट प्रकाशचन्द्र लोहनी, नेमकिपाबाट प्रेम सुवाल र मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीकाे उपस्थिति रहेकाे छ ।

पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई बोलाइएको बैठकमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल भने बैठकमा उपस्थित हुनुभएकाे छैन ।

यस्ते पूर्वप्रधानमन्त्री एवं जसपाका नेता बाबुराम भट्टराई स्वास्थ्य अवस्थाका कारण बैठकमा सहभागी हुनुभएकाे छैन भने  पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पनि बैठकमा उपस्थित हुनुभएकाे छैन ।

प्रकाशित मिति : 17:57