कतिमा भयो महिला लघुवित्तको पहिलो कारोबार ?
चैत ३, काठमाडाैँ । स्पेशल प्रि ओपन सेसनमा महिला लघुवित्तको पहिलो शेयर कारोबार भएको छ। आज लघुवित्तको पहिलाे काराेबार प्रतिकित्ता ४३९ रुपैयाँमा १० कित्ता शेयर खरिदबिक्री भएको हो। सोमबार नेप्सेमा १० लाख कित्ता सेयर सूचिकृत भएकाे थियाे ।

नेप्सेले लघुवित्तको सेयरलाई ३१३ रुपैयाँ १६ पैसा देखि ९३९ रुपैयाँ ४८ पैसा ओपनिङ्ग रेन्ज दिएको थियो। उक्त रेञ्जका आधारमा मंगलबार लघुवित्तको पहिलो कारोबार भएको हो।
प्रकाशित मिति : March 16, 2021 at 10:57 am









