२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

राष्ट्रपतिको आह्वानमा आज सर्वदलीय बैठक

३ चैत, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज मंगलबारका लागि सर्वदलीय बैठक बोलाउनुभएको हो । उहाँले आ दिउँसो ४ बजेका लागि बैठक बोलाएको सञ्चार विज्ञ टीका ढकालले जानकारी दिनुभयो ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि र पूर्व प्रधानमन्त्रीहरूमा निमन्त्रणा पठाइएको छ । भोलि नै संसद बैठक भएका कारण बैठकको समय केही तलमाथि पर्न सक्ने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति बंगलादेशको भ्रमणमा जाने तयारीमा रहेका समयमा बैठक बोलाइएको हो । बैठकमा पछिल्लो राजनीतिक अवगस्थाका बारेमा विचार विमर्श हुनसक्ने बुझिएको छ ।

प्रकाशित मिति : 07:48