प्रतिनिधिसभा बैठक आज, यस्तो छ कार्यसूची
३ चैत, काठमाडाैँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संसद पुनस्थापना भएपछि बस्न लागेको यो तेस्रो बैठक हो । आज दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने प्रतिनिधिसभाको बैठकमा तत्कालीन संविधान सभाका सदस्य दिनेशचन्द्र यादवको मृत्यु भएकोमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची छ। त्यस्तै सभामुख उपस्थित नभएका बेला सभा अध्यक्षता गर्ने प्यानलमा रहने सांसदहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची पनि छ।

प्रकाशित मिति : March 16, 2021 at 7:41 am









