१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

महिला लघुवित्तको आईपीओ नेप्सेमा सूचिकृत, कति छ ओपनिङ्ग रेन्ज ?

२ चैत, काठमाडाैँ । साेमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ । नेप्सेमा १० लाख कित्ता सेयर सूचिकृत भएकाे हाे । नेप्सेले लघुवित्तको सेयरलाई ३१३ रुपैयाँ १६ पैसा देखि ९३९ रुपैयाँ ४८ पैसा ओपनिङ्ग रेन्ज दिएको छ । त्यस अनुसार मंगलबार देखि कारोबार खुल्नेछ ।


लघुवित्तले माघ ३० गतेबाट फागुन ५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार १६:३८