सकियाे ओली र नेपाल पक्षबीचको छलफलः २८ गतेकाे निर्णय फिर्ता लिनुपर्ने नेपाल पक्षकाे अडान
२ चैत, काठमाडौँ । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षका नेताहरूबीच पार्टी कार्यालयमा आज बसेको बैठक सकिएको छ। बैठकबाट बाहिरिएका नेपाल पक्षका नेता रघुजी पन्तले वार्ता सकारात्मक भएको बताए। ‘हामीले आ आफ्ना अडान राख्यौं, ’ ‘अध्यक्ष कमरेडले सकारात्मक रुपमा आगाडि बढाउनु हुनेछ भन्ने विश्वास छ ।

‘अदालतले हामी सबैलाई एकै ठाउँमा ल्याइदिएको सन्दर्भमा एमालेलाई एकताबद्ध, सुदृढ दिशातिर अघि बढ्नुपर्ने विषयमा बैठकमा छलफल भयो’ । वार्तामा नेपाल पक्षले २८ गतेको वालुवाटारबाट भएका निर्णयहरु फिर्ता लिनुपर्ने अडान राखेको छ ।
प्रकाशित मिति : 14:03









