कमल कोइरालासहित पाँच जना एमालेमा प्रवेश
२ चैत, काठमाडौँ । नेकपा एमालेमा प्रवेश गर्नेको लहर चलेको छ । आइतबार प्रदेश नम्बर २ का एमाले नेताहरूको उपस्थितिमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले पाँच जनलाइ एमालेमा स्वागत गरे ।
डा। रामपरिक्षण यादव, गिरिजा नन्दन मिश्र, अधिवक्ता नानी थापा, मोती बछार, अधिवक्ता कमल कोइराला एमालेमा प्रवेश गरेका छन । उनीहरूलाइ प्रधानमन्त्रीले खादा ओढाएर एमालेमा स्वागत गरे ।

सो अवसरमा शहरी विकास मन्त्री मा। प्रभु साह, प्रदेश)२ पार्टी सचिव सुमन प्याकुरेल, पार्टी केन्द्रीय सदस्य क। सरोज यादव, युवा संघ नेपालका केन्द्रीय सदस्य कुन्दन झा, आनन्द झा लगायत उपस्थित रहेका थिए ।
प्रकाशित मिति : March 15, 2021 at 10:01 am









