२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

वर्तमान सरकारले निष्ठा र इमानमा बार्गेनिङ गर्दैनः मन्त्री ढकाल

१ चैत, काठमाडाैँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले धार्मिक एवं पवित्रकार्यमा राजनीति नगर्न सुझाव दिनुभएको छ । हनुमान ढोका दरबार संग्रााहलय विकास समितिको १० औ बार्षिकोत्सवको अवसरमा आईतबार दरबार परिषरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले राजनीतिक रुपमा गर्नुपर्ने आलोचना टिप्पणी विरोध राजनीतिक ढंगले नै गर्न र अनावश्यक रुपमा धार्मिक एंव पवित्र कार्यमा राजनीति नगर्न सुझाव दिनुभएको हो । पशुपतिमा सरकारले राखेको जलहरी र संग्राहलयले गरेको गहना प्रर्दशनीको विरोध गर्नेहरुप्रति लक्षित गर्दै उहाँले धार्मिक एवं पवित्रकार्यलाई सकारात्मक ढंगले सोच्न आग्रह गर्नुभयो । उहाँले पशुपतिमा जलहरी राख्ने काम तिब्र ढंगले सम्पन्न भएको र सो कार्यमा सरकार सफल भएको दाबी गर्नुभयो । उहाँले जलहरी राखिसकेपछि सर्वोच्च अदालतबाट फैसला आएकोमा पनि खुसी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो “पशुपतिमा हामीले सुनको जलहरी लगाउने निर्णय गर्यौ । परापुर्वकालमा निर्माण भएको बेला त्यो तामाको रहेछ । शाहकालमा आईसकेपछि त्यसलाई चाँदीको लगाउनुभएको रहेछ । त्यो चाँदीमा पनि अहिले थोरै श्रीपेज भएर अहिले पशुपतिको मन्दिरमा जुन जल चढाईन्छ त्यो जल निस्केर जहाँ जानुपर्ने हो त्यो त्यहाँबाट तल जाँदा पशुपतिको मन्दिर नै धरासायी हुने अवस्था भएपछि तामाको थियो चाँदीको राखियो अब सुनकै राखिदिउँ भनेर हामीले शिवरात्रीको दिनसम्म पारेर सुनको जलहरी लगाईसक्ने भनेर हामी लाग्यौ । मुद्दामामिला गर्नेहरुले पनि साईतै हेर्नुभएको रहेछ । तर हामीले काम यति युद्धस्तरमा गर्यौ । प्रधानमन्त्री ज्यू अघिल्लो महिनाको १२ गते जानुभएको थियो । हामीले शिवरात्रीको सन्धयामा यो काम सक्छौ भनेका थियौ । तर अर्कौ महिनाको १२ गते हामीले सम्माननीय राष्ट्रपति ज्यूलाई लगेर सुनको जलहरी लगाएको ठाउँमा पुजा अर्चना हामीले साढे ११ बजेबाट गरेर २ बजे हामीले पुजा सक्यौ । सम्मानित अदालतले ३ बजे त्यो जलहरी जस्तो अवस्थामा छ अब नगर्नु/नगराउनु भनेर आदेश जारी गर्यो । मलाई खुसी लागेको छ किनभने जलहरी लगाईसकियो अब नगर्ने÷नगराउनु भनिसकेपछि अनेक वहाना बनाएर त्यहाँबाट सुन झिक्न कसैले पाएन । तर २८ गते तिरको शुभसाईत हामीले हेरेका थियौ भने निर्माण नहुन पनि वा राख्न नपाउने स्थिति पनि हुन्थ्यो होला ।”

उहाँले आलोचना गर्ने मित्रहरु निशुल्क गुरुहरु भएको भन्दै व्यंग्य गर्नुभयो । आलोचना गर्नेहरुलाई उहाँले ‘पैसा नतिरीकन शिक्षा प्राप्त गर्ने गुरु’ को सज्ञा दिनुभयो । संसद विघटन गरेर ताजा जनादेशमा जाँदा आफुहरुलाई प्रतिगमनकारीहरु भन्नेहरुले नै संसद सुरुभएपछि वहालवाला सांसदको निधनमा श्रद्धाञ्जलि दिन पनि नदिएर नाराजुलुश गरेको आरोप लगाउनुभयो । उहाँले संसद विघटनपछि हेटलहरुमा बास पाउन छोडेका सांसदहरु अहिले सांसदहरु कै रेखदेखमा होटलहरुमा बसेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “बहालवाला सांसद मरेकोमा श्रद्धाञ्जली दिनका लागि पनि नाराजुलुश र तमासा, बैठक वहिष्कार गरेर श्रद्धाञ्जली दिन पनि ३ दिनपछिको बैठक कुर्नुपर्यो । अग्रगमन यही हो ? तपाईहरुले सुन्नुभएको होला कतिपय माननीयहरु यो बीचमा हेटलहरुमा बास पाउन छोड्नुभएको थियो । अहिले संसद पुर्नस्थापना भएपछि होटलहरुमा माननीयहरु मानीयहरुकै रेखदेखमा बस्न थाल्नुभएको छ भन्ने सुनेको छु । अग्रगमन यस्तै यस्तै कुरा हो भने यो अग्रगमनले हामीलाई हिजोकै ठाउँमा पुराउने हो कि ? ”

उहाँले वर्तमान सरकारले निष्ठा र इमानमा बार्गेनिङ नगर्ने बताउनुभयो । सरकारको नेतृत्वको विषय ठूलो नभएको भन्दै उहाँले सरकार विरुद्ध अविश्वासको प्रस्ताव आए जनताले आफुहरुलाई न्याय दिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो “सरकारको बारेमा अहिलेको सरकारलाई धेरै चिन्ता छैन । तर प्रधामन्त्रीलाई प्रधानमन्त्री जोगाउने कुरा गरियो भने अलि सजिलो होला कि भनेर साथीहरु बार्गेनिङ गर्नुहुन्छ । निष्ठा र इमानमा हामी बार्गेनिङ गर्देनौ । अघिल्लो पटक पनि प्रधानमन्त्री हुनुहुन्थ्यो अहिलेको प्रधानमन्त्री अविश्वासको प्रस्ताव ल्याएरै साथीहरुले हटाउनुभयो । ठिकै ठिकै साईजमा थियौ । त्यही हटाईदिएकै कारणले ठूलो साईजमा आयौ । फेरी पनि हटाउनुभयो भने के भो र ? ठूलो अदालत त जनअदालत छदैछ नि । ”

गहना प्रर्दशनीमा राखिएका गरगहनाको सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिएकोमा खुसी व्यक्त गर्दै उहाँले सुरक्षाका बारेमा अविश्वासका टिकाटिप्पणी नगर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो “हनुमानढोका भित्र राखेको त्यत्तिकुरा पनि सुरक्षा गर्न सकिएन भने के देश जोगाईएला र हामीले । त्यति आत्मविश्वास हामीले लिनुपर्यो । यसमा तलवितल हुदैन ।”

प्रकाशित मिति : 19:34