प्रचण्डलाई सूर्य चिन्ह बुझाउने प्रयास असफल भएपछि माधव नेपाल फेरि निर्वाचन आयोगको शरणमा
१ चैत, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ सूर्य चिन्ह बुझाउनेल प्रयास असफल भएपछि एमालेकै मोर्चामा सक्रिया हुने घोषणा गरेका माधवकुमार नेपाल फेरि निर्वाचन आयोगको शरणमा पुगेका छन । योसँगै नेकपा एमालेको विवाद निर्वाचन आयोगसम्म पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा एकलौटी रुपमा गरेको निर्णयलाई वैधता नदिन माग गर्दै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित उनी पक्षीय पदाधिकारी र स्थायी कमिटी सदस्यहरु आयोग पुगेका हुन् ।

सर्वोच्चले २३ फागुनमा नेकपा एकीकरण खारेज गर्दै एमाले र माओवादी ब्युँताएपछि ओलीले २८ फागुनमा आफू निकट नेताहरुको बैठक राखेर महासचिवबाहेकका पदाधिकारी हटाउने, नेताहरुको जिम्मेवारी हेरफेर गर्ने र रामबहादुर थापा बादलसहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेका थिए ।


प्रकाशित मिति : 18:41









