१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

नेप्सेमा २ कम्पनीको सेयरमूल्य समायोजन

१ चैत, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ वटा कम्पनीकाे सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड र सिर्जना फाइनान्स कम्पनी लिमिटेडकाे बाेनस सेयरमा मूल्य समायोजन गरिएकाे हाे । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १० प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार १४५ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले अन्तिम कारोबार मूल्य १ हजार २५९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

नेप्सेले सिर्जना फाइनान्स लिमिटेडको १३.५९ प्रतिशत बोनस शेयर समायोजन गरेको छ। समायोजनपश्चात फाइनान्सको शेयरमूल्य १८५ रुपैयाँ निर्धारण गरिएको छ। फाइनान्सकाे १३.५९ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता १८५ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले अन्तिम कारोबार मूल्य २१० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

प्रकाशित मिति : March 14, 2021 at 10:30 am