२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

सरकारबाट फिर्ता हुन बादलसहितका मन्त्रीलाई माओवादी केन्द्रकाे निर्देशन

२९ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारमा रहेका माओवादीको तर्फका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी समिति बैठकले माओवादीको कोटामा मन्त्री बनेका तर पार्टीमा नफर्किएका मन्त्रीहरुलाई यस्तो निर्देशन दिएकाे पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयाे ।


माओवादीको तर्फबाट मन्त्री बन्नेहरुमा रामबहादुर थापा बादल, लेखराज भट्ट, प्रभु शाह, मणि थापा र दावा लामा हुनुहुन्छ ।

शुक्रबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गर्नुभएकाे छ । गृहमन्त्रीसमेत रहनुभएका बादललाई भने बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ ।

एमालेतिर लाग्नुभएका मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन माग गरिएकाे समेत प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : 10:30