१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

दक्षिण अफ्रिकी जुलु राजाको निधन

२८ फागुन , जोहानेसबर्ग । दक्षिण अफ्रिकाका जुलु समुदायका अति सम्मानित राजा गूडविल ज्वेलिथिनीको शुक्रबार ७२ वर्षको उमेरमा निधन भएको छ । मधुमेहसँग सम्बन्धित रोगका कारण गम्भीर बिरामी भई उपचारका लागि अस्पतालमा भर्ना हुनुभएका राजा गूडविलको शुक्रबार निधन भएको राजदरबारले घोषणा गरेको छ ।

राजदरबारले जारी गरेको विज्ञप्तिमा जुलु देशका राजा गूडविल ज्वेलिथिनीको शुक्रबार बिहान निधन भएको उल्लेख छ । राजा गूडविलले जुलु देशको राजाका रुपमा निकै लामो अवधि शासन गर्नु भएको थियो । उहाँको शासनकाल झण्डै पाँच दशक रहेको थियो । सन् १९४८ मा उत्तरी क्वाजुलु–नाटालको नोङ्गोमामा जन्मनु भएका गूडविल सन् १९६८ देखि राजगद्दीमा रहनु भएको थियो ।

परम्परागत नेतृत्व सम्बन्धी दक्षिण अफ्रिकाको संविधान बमोजिम जुलु राजाले आफ्नो समुदायको प्रतिनिधित्व गर्न सक्ने व्यवस्था छ । हाल यो पद कार्यकारी नभएर समुदायको प्रतिष्ठा र संस्कृतिसँग जोडिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार १४:१२