१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

शुक्रबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

२८ फागुन, काठमाडाैँ । शुक्रबार सुनको मूल्य ६ सय रुपैयाँले घटेरकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन तोलाको ८६ हजार २ सय रुपैयाँमा कारोबार भएकाे छ । बिहीबार छापावाला सुन तोलाको ८६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियाे ।


त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य तोलाको ८५ हजार ७ सय ५० रुपैयाँ कारोबार भएको छ । बिहीबार तेजावी सुनको मूल्य तोलाको ८६ हजार ३ सय ५० रुपैयाँ कायम भएको थियो । शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलाको १२८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर तोलाको १२७० रुपैयाँमा कारोबार भएको महासंले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार ११:२३