३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने, कति छ व्याज ?

२८ फागुन, काठमाडाैँ । प्राइम कमर्सियल बैंक लिमिटेडले आजबाट ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । बैंकले ८ वर्ष अवधिको लागि ‘८.७५ प्रतिशत, ८ वर्ष प्राइम डिबेन्चर २०८५’ नाममा ऋणपत्र निष्कासन गरेकाे हाे । निष्काशन गरिएको कुल ऋणपत्रमध्ये २ अर्ब १० करोड रुपैयाँ बराबरको २१ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ।

भने बाँकी १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री खुला गरेको हो। यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। याे ऋणपत्रमा छिटोमा चैत्र ३ गतेसम्म र ढिलोमा चैत्र १३ गतेसम्म आवेदन दिन सकिने छ । बैंककाे ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेकाे छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार १०:४६