२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

नेकपा एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

२८ फागुन, काठमाडाैँ । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएका हुन । स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङले अध्यक्ष ओलीले चैत १ गते प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको जानकारी दिएका छन ।

बैठकका लागि नवौँ महाधिवेशनबाट निर्वाचित २४१ केन्द्रीय सदस्यलाइ निमन्त्रणा गरिएको छ । नेकपाका नाममा केन्द्रीय सदस्य बनेका कसैले पनि निमन्त्रणा पाएका छैनन् । बैठकको एजेण्डा माओवादी केन्द्रबाट एमालेमा समायोजन हुने नेताहरूको बारेमा रहेको बताइएको छ ।

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकको फाइल तस्बीर ।

तीन वर्षपछि एमालेका नाममा हुन लागेको बैठकमा माधव नेपाल समूहको सहभागिता अनिश्चित छ । उनीहरूले बानेश्वरको अर्याल होटलमा गुटको भेला गर्दै पार्टी केन्द्रीय कार्यालय धुम्बाराही भन्दा बाहिर हुने बैठकमा सहभागिता नजनाउने जनाएका छन ।

 

प्रकाशित मिति : 08:36