३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

जसपाका पाँच शीर्ष नेताले प्रधानमन्त्रीसँग छलफल गर्दै

२७ फागुन, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा)का नेताले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने भएका छन् । जसपका अध्यक्ष महन्थ ठाकुरका अनुसार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहीवार बसेको शीर्ष नेताहरूको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर आफूहरूको मागबारे छलफल गर्ने निर्णय गरेको हो।

ठाकुरले छलफलमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरू अशोक राई र राजेन्द्र महतो सहभागी हुने जानकारी दिए । सत्ता समिकरण गर्ने विषयमा ठोस छलफल हुन सक्ने नेताहरूले बताएका छन ।

प्रकाशित मिति : March 11, 2021 at 4:25 pm