२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

म त्यसै छाड्नेवाला छैन,फेरि एक पटक क्रान्ति गर्छुः अध्यक्ष प्रचण्ड

२७ फागुन, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू फेरि एक पटक क्रान्ति गर्ने बताएका छन् । बिहीबार माओवादी निकट स्वास्थ्यकर्मीहरुको भेलालाई सम्बोधन गर्दै  ‘प्रचण्डले उमेर ढल्किदै गए पनि अहिले आफू चुप लागेर नबस्ने बताएका हुन् । जनयुद्ध शुरु गर्दा म ४२/ ४३ वर्षको थिएँ । अहिले ६६/६७ वर्ष भएँ ।

क्रान्ति गर्ने उमेर बाँकी नै छ ।  माओत्सेतुङले ७२ वर्षमा साँस्कृतिक क्रान्ति गरेका थिए । ‘म एक पटक फेरि क्रान्तिमा अगाडि जानेमा छु । म त्यसै छाड्नेवाला छैन, म लड्नेवाला छु ’ उनले भने, म एकचोटि फेरि क्रान्तिमा जानेछु । तपाईंहरु यो कुरामा विश्वस्त हुनुहोला, म त्यसै छाड्नेवाला चाहिँ छैन । म लड्नेवाला नै छु । मैले अहिले पनि एउटा ब्याटल त लडेँ । त्यो ब्याटल त हामीले जित्यौं पनि । र, अरु दुई चारवटा ब्याटल जित्न बाँकी छ र हामीले जित्नै पर्छ ।

नयाँ साथी खोज्दै जाँदा पुराना साथी छुट्दै गएकाले अहिले अाफु कमजोर भएको भन्दै प्रचण्डले त्यसलाई सुधार गर्ने बताएका छन् । हामीले योसँग मिलेर होला कि, त्योसँग मिलेर होला कि भनेर धेरै गरियो। तर, आफ्नै साथीहरु छुट्दा, आफ्नै धरातल कमजोर हुँदै गयाे र हामी  कमजोर भयाैँ । अब फेरि हामी आफ्नै धर्तीसँग जोडिने, आफ्नै खुट्टामा उभिने, आफ्नै पुराना साथीहरुसँगै मिलेर अघि बढ्छाैँ ’, उनले भने ।अब फेरि देशव्यापी अभियान चलाउनेतिर मैले सोचिरहेको छु । म काठमाडौँ भन्दा अभियानमा बढी बस्ने विचार छ। ‘फेरि २/४ वर्ष जनताका बीचमा गएर प्रतिक्रियावादीविरुद्ध आन्दोलन गर्नुपर्छ ।

प्रकाशित मिति : 15:47