एफपीओ निष्काशन गर्न किसान लघुवित्तले माग्यो मर्चेन्ट बैंकहरुसँग कोटेशन
२७ फागुन, काठमाडाैँ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले पुनः सर्वसाधारणलाई एफपीओ निष्काशन गर्न मर्चेन्ट बैंकहरुसँग कोटेशन आह्वान गरेको छ ।

लघुवित्तले १२ लाख ९८ हजार २५९ कित्ता शेयर एफपीओ निष्काशन गर्नु पर्ने भएकोले इच्छुक एफपीओ जारी गरी सकेका अनुभवी क्यापिटल मार्केट (मर्चेन्ट फाइनान्स कम्पनी) ले आफ्नो कम्पनीको प्रोफाइल सहित दर रेट (कोटेशन) पेश गर्न आह्वान गरेको छ।

प्रकाशित मिति : March 11, 2021 at 12:38 pm









