१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

जीवन विकास लघुवित्तको आईपीओले यस्ताे पायाे रेटिङ

२७ फागुन, काठमाडाैँ ।जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गर्न लागेकाे साधारण सेयर (आईपीओ) को रेटिङ सम्पन्न गरेको छ । यस आइपीओलाई इक्रा नेपालले आइआर “बीबीबी” माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ ।  यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले १९ करोड ७७ लाख ३० हजार रूपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनकाे अनुमतिका लागि फागुन १७ गते, साेमबार सेबाेनमा निवेदन पेश गरेकाे छ । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार ११:२२