१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बिहीबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२७ फागुन, काठमाडाेँ । बिहीबार पनि नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । बिहीबार सुनको मूल्य  ६ सय रुपैयाँले बढेर हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  छापावाला  सुन तोलाको ८६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।
बुधबार छापावाला  सुन तोलाको ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको  थियाे ।

प्रतिकात्मक तस्बिर ।

त्यसैगरी, बिहीबार तेजावी सुनको मूल्य तोलाको ८६ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार तेजावी सुनको मूल्य तोलाको ८५ हजार ७ सय ५० रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलाको १२७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले बढेर तोलाको १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको महासंले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार ११:०७