३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

पार्टी र सरकारलाई कसरी लाने भन्ने विषयमा बिस्तृत रुपमा छलफल गर्छाैँः नेता नेपाल

२६ फागुन, काठमाडाैँ । नेकपा(एमाले) का नेता माधवकुमार नेपालले पार्टी र सरकारलाई कसरी लाने र अन्य पार्टीसँगको सहकार्यलाई कसरी लाने भन्ने विषयमा बिस्तृत रुपमा छलफल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘हाम्रो पार्टीमा हामी छलफल गर्छौ । कसरी पार्टी लाने, आन्दोलन लाने कसरी, सरकार लाने कसरी, अरु पार्टी सँगको सहकार्य गर्ने कसरी, जनताको बिश्वास जित्ने कसरी, जनताका गुनासोहरु सम्बोधन गर्ने कसरी, पार्टी भित्रको विमतिलाई सम्बोधन गर्ने कसरी, यावत् कुराको बारेमा बिस्तृत छलफल गर्छौ ।

हामी छलफलबाट, बहसबाट, विवादबाट कहिल्यैपनि डराउदैनौ । छलफल, बहस, विवाद राजनीतिज्ञको एउटा विशेषता पनि हो । लोकतान्त्रिक संस्कार बोकेको राजनीतिज्ञको जिम्मेवारी पनि हो ।’

प्रकाशित मिति : March 10, 2021 at 5:06 pm