१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

धितोपत्र बोर्ड पुगे आईपीओ निष्कासनकाे अनुमति माग्दै ३ कम्पनी

२६ फागुन, काठमाडाैँ । विभिन्न ३ वटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न  धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेका छन् । निवेदन पेश गर्नेमा दुई लघुवित्त कम्पनी र एक जलविद्युत रहेका छन् । आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन पेश गर्नेमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ८९ लाख रूपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १४ गते धितोपत्र बोर्डमा निवेदन पेश गरेकाे हाे ।  लघुवित्तकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । त्यस्तै, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ करोड ७७ लाख ३० हजार रूपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १७ गते धितोपत्र बोर्डमा निवेदन पेश गरेकाे हाे ।

लघुवित्तकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेकाे छ । र सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले ९ कराेड रूपैयाँ बराबरकाे ९ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन २० गते धितोपत्र बोर्डमा पेश गरेकाे हाे । हाइड्रोपाव कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार ११:३५