प्रतिनिधिसभा बैठक आज, पहिलो बैठकमा उठेर हिडेँका एमालेका केही सांसद आज के गर्लान ?
२६ फागुन, काठमाडाैँ । प्रतिनिधिसभा बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा विभिन्न ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । सभामुखले अस्तिको बैठकमा जस्तै भद्रगोल नहोस भनेर कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छैनन् । पुनस्थापनापछि बसेको पहिलो बैठक सभामुख अग्नी सापकोटाका कारण तनावग्रस्त बन्न पुगेको थियो ।
त्यसदिन बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक नभएका कारण सबै दल अन्योल अवस्थामा देखिन्थे । त्यसपछि बैठक सुरू भएपछि कोही हिडेँ कोहीले बिरोध गरे । यद्यपी कानुनमन्त्री लिलानाथ श्रेष्ठले अध्यादेशहरू बैठकमा पेश गरेका थिए ।यस्तै कांग्रेस, माओवादी केन्द्र र जसपालगायत दलका सांसदहरुले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गर्दै हिजो संसद सचिवालयमा विरोधको सूचना दर्ता गराएका छन् ।

हिउँदे अधिवेशन सुरु भएपछिको पहिलो बैठक नै प्रभावित भएकोले आजको बैठक पनि त्यस्तै हुने सम्भावना बढेको छ । यद्यपी नेकपा हुँदा बैठक छाडेर हिडेँका एमालेका माधवकुमार नेपाल समूहका सांसदले आज के गर्छन भन्ने प्रश्न उठेको छ ।
प्रकाशित मिति : 08:32









