१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

मंगलबार नेप्सेमा २ करोड २२ लाख कित्ता सेयर सूचिकृत

२५ फागुन, काठमाडाैँ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा एनएमबी बैंक र ज्योति विकासकाे २ करोड २२ लाख ७६ हजार ३७१ कित्ता सेयर सूचिकृत भएको हो । मंगलबार नेप्सेमा एनएमबि बैंक लिमिटेडको १ करोड ८७ लाख ८२ हजार ७८.८६ कित्ता सेयर सूचिकृत भएको छ ।

बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोहि लाभांश नेप्सेमा सूचिकृत भएको हो । त्यस्तै नेप्सेमा ज्योति विकास बैंकको ३४ लाख ९५ हजार २९३.४४ कित्ता सेयर सूचिकृत भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुले १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोहि लाभांश नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलवार १७:०८