माओवादी केन्द्रले कांग्रेस र जसपासँग सहकार्य गर्ने
२५ फागुन, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले संसद र सरकारबारे अब के गर्ने भन्नेबारे नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने निर्णय गरेको छ। मंगलबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले नेकपा एमालेसँग पनि वार्ता गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयाे ।

उहाँका अनुसार बुधबार दिउँसो पनि स्थायी कमिटी बैठक बस्ने छ। आजको बैठकले फागुन २९ गते केन्द्रीय समिति र चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय पनि गरेको श्रेष्ठले जानकारी दिनुभयाे ।
प्रकाशित मिति : 15:50







