१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

संयुक्त राष्ट्रसंघको सिद्धान्तप्रति नेपाल प्रतिवद्धः उपप्रधानमन्त्री पोखरेल

१३ असार, काठमाडौँ । तीनदिने नेपाल भ्रमणमा आएका राष्ट्रसंघीय पिस किपिङ विभागका उपमहासचिव जिन पेइरी ल्रोइसले बुधवार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गरेका छन् ।

सिंहदरवारस्थित रक्षा मन्त्रालयमा आयोजित भेटमा उपमहासचिव लाक्रोइसले शान्ति सेनामा नेपालको भूमिकाको उच्च प्रसंम्सा गरेका छन् । रक्षा मन्त्रालय र नेपाली सेनाको नेतृत्व तथा सुरक्षा फौजको प्रसंम्सा गर्दै लाक्रोइसले विश्व शान्तिका लागि नेपाली सेनाले पुर्याउँदै आएको बहुआयामिक योगदान र आगामी दिनमा गर्ने सहकार्यका क्षेत्रवारे चासो व्यक्त गरेका थिए ।

भेटमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पोखरेलले विश्व शान्ति स्थापनामा नेपालको भूमिकाको चर्चा गर्दै शान्ति सेनामा नेपाली सेनाको उपस्थिति छैटौ स्थानमा रहेको बताउनुभएको थियो । उहाँले शान्ति सेनामा फोर्स कमाण्ड (नेतृत्व) गर्ने कुरामा नेपाली सेना सक्षम रहेको भन्दै त्यस्तो जिम्मेवारी दिने कुरामा लाक्रोइस मार्फत ध्यानाआकर्षण गराउनुभएको थियो ।

शान्ति सेनामा हाल योगदान गर्दै आइरहेको अनुपातलाई बढाउँदा पनि योगदान गर्ने नेपाल सक्षम रहेको बताउँदै पोखरेलले संयुक्त राष्ट्रसंघका वडापत्र र सिद्ध्रान्तप्रति नेपाल सरकार प्रतिवद्ध रहेको बताउनुभएको थियो । उहाँले नेपाल सरकारका प्रतिवद्धताहरु संयुक्त राष्ट्रसंघका महासचिव समक्ष पुर्यादिन आग्रह गर्नुभएको थियो ।

प्रकाशित मिति : १३ असार २०७५, बुधबार २१:५९