३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

सांग्रिला डेभलपमेन्ट बैंकले घोषणा गर्याे लाभांश , बोनस कति ?

१६ फागुन, काठमाडाैँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । बैंककाे आज बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने  घाेषणा गरेको हो ।


उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत प्राप्त भए पश्चात र बैंककाे आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरूलाई  वितरण गरिनेछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आईतवार १३:१३