१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

लाभांश र हकप्रद शेयर प्रस्ताव पारित गर्न शिखर इन्स्योरेन्सले आह्वान गर्याे साधारण सभा

१६ फागुन, काठमाडाैँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर धनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव र पुनः हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न पन्ध्राैँ तथा साेर्हाैँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ । फागुन १४ गते शुक्रबार बसेकाे कम्पनीकाे  सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा चैत्र ९ गते, साेमबार कम्पनीकाे केन्द्रीय कार्यालय, थापाथली, काठमाडाैँमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

सो सभाले यसै आर्थिक वर्षमा बाँडफाँट गरेको हकप्रद शेयरपश्चात कायम चुक्ता पूँजीको २७.७६९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४६२ प्रतिशत नगद लाभांश गरी कुल २९.२३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । प्रस्तावित बोनस गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको ३६.१ प्रतिशत र नगद लाभांश १.९ प्रतिशत हो। यसका साथै, बाेनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीकाे ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने, इन्स्योरेन्सको शेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्ने र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि फागुन २६ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन २५ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आईतवार १०:२६