प्रचण्ड मुक्त देश र पार्टी निर्माणको अभियानमा जुट्न अनेरास्ववियूका संयोजक महरको अपिल
१५ फागुन, काठमाडाैँ । अनेरास्ववियूका संयोजक ऐन महरले नेकपा माझण्ड समूहका नेता पुष्पकमल दाहाल प्रचण्ड मुक्त देश र पार्टी निर्माणमा जुट्न अपिल गरेका छन । समाजिक सञ्जाल फेसबुक मार्फत महरले यस्तो अपिल गरेका हुन ।

प्रचण्डले शुक्रबार राति एक अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीलाइ सत्ताचियूत गरी भारतलाइ कम्फर्टेबल हुने सरकार बनाउने घोषणा गरे लगत्तै संयोजक महरले अस्थिरता दलाली र अराजकताको अर्को नाम प्रचण्ड भएको भन्दै अब प्रचण्डमुक्त देश बनाउनुपर्ने बताएका छन । उनले भनेका छन ‘अस्थिरता दलाली र अराजकताको अर्को नाम हो प्रचण्ड । त्यसैले प्रचण्ड मुक्त देश र पार्टी निर्माणको अभियानमा जुटौं ।’
यो पनि पढ्नुहोस्
–भारतका लागि नेकपा विभाजन र सरकारविरूद्ध आन्दोलन गरेको प्रचण्डको खुलासा
प्रकाशित मिति : 11:33









