२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

भारतका लागि नेकपा विभाजन र सरकारविरूद्ध आन्दोलन गरेको प्रचण्डको खुलासा


१५ फागुन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को माझण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले भएको सबै आन्दोलन र गतिबिधि भारतका लागि कम्फर्टेबल सरकार निर्माणका लागि भएको खुलासा गरेका छन । प्राइमटाइम्स टेलिभिजनको जनताजान्न चाहन्छ कार्यक्रममा पत्रकार ऋषि धमालसँग प्रचण्डले भारतका लागि नेपालमा कम्फर्टेबल सरकार गठन गर्ने यो भन्दा राम्रो विकल्प अरू बेला नहुनेसमेत बताएका छन ।

प्रचण्डले आफ्नो दल, कांग्रेस र जनता समाजवादी पार्टी मिलेर समीकरण बनाउँदा भारतलागि विशेष कम्फर्टेबल हुने बताए । उनले भारतको इशारामा नचल्ने हो भने नेपालमा विकास र स्थायीत्व नुहेन संकेत पनि गरे । प्रचण्डले भारतसँग राम्रो समझदारी नबनाइकन नेपालमा स्थायित्व र विकासअसम्भव रहेको दाबी गरे ।

प्रचण्डले भने ‘हामी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतका लागि यो भन्दा कम्फर्टेबल हुँदैन । राम्रो सम्भावना अहिले छ । यो राम्रो सम्भावनामा जानुपर्‍यो भनेर मैले भनेको छु ।’ प्रचण्डले भारतप्रति नकारात्मक सोच राखेर  फूले केही पनि नगरेको र केही गरेको विषयमा समेत आत्मआलोचना गरेको दाबी गरे ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार १०:००