१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर कारोबार बन्द

१२ फागुन, काठमाडाैँ । प्रणालीमा प्राविधिक समस्या आएपछि नेप्सेले नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर कारोबार आजका लागि स्थगित गरेको छ । टिएमएसमा देखिएको समस्याका कारण नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य शतप्रतिशतले घटेको छ। जसले गर्दा लगानीकर्तामा हल्लीखल्ली समेत भएको थियो ।

नेप्सेका अनुसार प्राविधिक समस्याका कारण इन्फ्रास्टक्चर बैंकको मूल्य १००% घटेको देखिएको हो । सोही कारण इन्फ्रास्टक्चर बैंकको कारोबार आजका लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार १३:००