२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

इन्फ्रास्ट्रक्चर बैंककाे सेयरमूल्यमा लगातार सातौँ दिन पनि पोजेटिभ सर्किट

१० फागुन, काठमाडाैँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सेयरमूल्यमा लगातार आज सातौँ दिन पनि पोजेटिभ सर्किट लागेको छ। हालै ८ अर्ब रुपैयाँबराबरको आईपीओ बिक्री गरेको बैंककाे सेयर दोस्रो बजारमा गत साताकाे आइतबारबाट खुलेको थियो। याे बैंककाे सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको अधिकतम रेन्ज ३४० रुपैयाँमा कारोबार सुरु भएको थियो।

पहिलो दिन नै पोजेटिभ सर्किट लागेको बैंककाे सेयरमूल्यमा लगातार आज सोमबार सातौँ दिन पनि पोजेटिभ सर्किट लागेको छ। बैंककाे सेयरमूल्य आज प्रतिकित्ता ६६० रुपैयाँमा कारोबार भइरहेको छ। यो हिसाबले निफ्राको सेयरमूल्य सुरुआतमा कारोबार खुलेको रकमभन्दा झन्डै सतप्रतिशतको हाराहारीमा बढेको छ भने सर्वसाधारणलाई १०० हालेको सेयरमा ५६० रुपैयाँ नाफा भइसकेको छ।


यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा निफ्राको सेयर खरिदचाप देखिएको छ। अहिलेसम्म निफ्राको ११ लाख ८६ हजार १८५ कित्ता सेयर खरिद पोस्ट भएको छ। यद्यपि बिक्रीतर्फ भने एउटा पनि पोस्ट भएको छैन।

प्रकाशित मिति : February 22, 2021 at 1:22 pm