१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

शुक्रबार नेप्सेमा २ कम्पनीको शेयरमूल्य समायोजन

७ फागुन, काठमाडाैँ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ वटा कम्पनीकाे शेयरमूल्य समायोजन भएको छ । शुक्रबार नेप्सेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन र नेरुडे लघुवित्तको शेयरमूल्य समायोजन भएको हो। नेरुडे लघुवित्त संस्था लिमिटेडकाे ८ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता १३६४ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १४७३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडकाे १० प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता २५ सय ५ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २७५५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार ११:०३