अब गरिमा विकास बैंकबाट ८.७५% ब्याजदरमै गाडी कर्जा पाइने
६ फागुन, काठमाडाैँ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनीतिलाई थप आक्रामक बनाउँदै न्यूनतम वार्षिक ८.७५% ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’ सार्वजनिक गरेको छ।
यो सुविधाअन्तर्गत बैंकले खरिद मूल्यको *८०% सम्म अधिकतम १० वर्षका लागि कर्जा प्रवाह गर्न सक्नेछ। आफ्नो सवारी चढ्ने सपना पूरा गर्न ‘गरिमा सजिलो अटो लोन’ एकदमै प्रभावकारी सावित हुने बैंकले जनाएको छ।

हाल गरिमा विकास बैंकले ३५ जिल्लामा १०६ शाखा कार्यालय र ५१ एटीएमबाट आफ्ना ग्राहकलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ सुविधा दिँदै आइरहेको छ।
प्रकाशित मिति : February 18, 2021 at 9:05 pm









