३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

कामना सेवा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

६ फागुन, काठमाडाैँ । कामना सेवा विकास बैंकले निष्काशन तथा बिक्री खुला गरेको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो। बैंकले माघ २२ गतेदेखि १ हजार रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र जारी गरेको हो ।बैंकले निष्कासन गरेकाे ऋणपत्रमध्ये ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । भने बाँकी ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्री गर्न लागेको हो।

जसमा २० हजार कित्ता भने सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ। बैंकले ९ प्रतशित व्याजदरको १० वर्षे ऋणपत्र निष्कासन गरेको छ । बैकले जारी गरेको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । बैंकको ऋणपत्रमा आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार १०:५२