१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

ओलीसँग निहुँ खोजीरहेका बोहराले नेकपाको बिधान अस्वीकार गर्ने, यसकारण झपारेका थिए अोलीले

११ असार, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विधान दुई नेताले अस्वीकार गर्ने बताएका छन । तत्कालीन अनुशासन आयोगका संयोजकद्धय अमृत बोहरा, अमिक शेरचनले विधानमा असन्तुष्टि जनाउँदै अस्वीकार गर्ने निर्णय लिएका हुन । नेकपाको केन्द्रीय कमिटीबाट पारित भएको विधान लोकतान्त्रिक नभएको र अनुशासन आयोग लगायतका निर्वाचित आयोगहरुलाई अधिकारविहीन बनाउन खोजिएको भन्दै उनीहरुले आपत्ति जनाएका छन ।

अमृत बोहराले केपी ओलीसँग पछिल्लो समय दुष्मनी लिने प्रयास गरिरहेका थिए । आफ्नी श्रीमति अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्न असफल भएपछि केपी ओलीका पछि हात धोएर लागेका बोहरा बिधानको निहुँ निकालेर ओली र प्रचण्डको सत्तोसराप गरिरहेका छन ।

नेकपा र ओलीका विरुद्धमा अनर्गल प्रचार गर्ने र अनुशान आयोगका नाममा पार्टीको आन्तरिक कुरा सार्वजनिक गर्दै हिडेको ओली बोहराप्रति रुष्ट रहेका थिए । बोहरको ओलीविरुद्धको गतिबिधि उत्कर्षमा पुगेपछि ओलीले बोहरालाई केही दिन अघि बालुवाटारमै बोलाएर झण्डै तीन घण्टा झपारेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अध्यक्षलाई जानकारी गराएर सुधार्नुपर्ने कुरामा समेत कुनै छुट्टै निकायको जस्तो व्यवहार गर्दै पार्टी हित विपरितको गतिबिधिमा लागेको भन्दै ओली रुष्ट बनेका हुन । ओली निकटका एक नेताले भने ‘पार्टीका कमीकमजोरी आन्तरिक रुपमा सुर्धानका लागि यस्ता आयोग बनाइएको हो तर उहाँ विपक्षी पार्टीको नेताको जस्तो व्यवहार देखाउन थाल्नु भो ।’

बोहराले अहिले त्यही रिस अन्तिम पटक विधानका नाममा पोख्न सुरु गरेका छन । नेकपाको विधानमा अमृत बोहरा र उनले साथ लिएका अमिक शेरचनको असहमति वा अस्वीकारले तात्वीक असर नपर्ने एक नेताले बताए ।

प्रकाशित मिति : June 25, 2018 at 4:15 pm