३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

नेपाल बैंकको एक्सटेन्सन काउन्टर राष्ट्रिय बीमा संस्थानमा

३ फागुन, काठमाडौँ । नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थान बीच ग्राहकहरुबाट प्राप्त हुने प्रिमियम रकम संकलन गर्ने उद्देश्यले राष्ट्रिय बीमा संस्थानमा एक्सटेन्सन काउन्टर संचालन गर्ने सम्झौता भएको छ ।


संस्थानमा कार्यरत कर्मचारीहरुलाई बैंकले सहुलियत दरमा बिना धितो कर्जा पनि उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र संस्थानका प्रमुख प्रशासक कविराज पाठकले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार १५:५१