३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

कतिमा भयो नेपाल इन्फ्रास्ट्रक्चर बैंकको पहिलो कारोबार ?

२ फागुन, काठमाडाैँ । आज स्पेशल प्रिओपन सेसनमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे पहिलो कारोबार भएको छ । आज स्पेशल प्रि ओपनिङ्ग सेसनमा बैंककाे पहिलो कारोबार प्रतिकित्ता ३४० रुपैयाँमा भएकाे हाे। बैंककाे १० कित्ता सेयर प्रतिकित्ता ३४० रुपैयाँमा खरिदबिक्री भएको हो ।

बैंककाे २० करोड कित्ता साधारण सेयर (आइपिओ) बिहीबार नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे । नेप्सेले बैंककाे पहिलो कारोबारका लागि न्युनतम ११३ रूपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रूपैयाँ ८६ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियाे ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आईतवार १२:०४