३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

एनसीसी बैंकले ल्यायो २५ लाख कित्ता संस्थापक सेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ?

२ फागुन, काठमाडाैँ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले आज संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेको छ । बैंकले २५ लाख कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरि बिक्री गर्न लागेकाे हाे । यस लिलामी सेयरमा बैंकका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

उक्त सेयरको न्यूनतम १४० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि फागुन ९ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त सेयरकाे निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आईतवार १०:५२