३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ आजदेखि कारोबारमा आउने, कति छ ओपनिङ्ग रेञ्ज ?

२ फागुन, काठमाडाैँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे आजबाट धितोपत्र दोस्रो बजार काराेबार खुल्ला हुने भएकाे छ । बैंकले माघ २९ गते नेप्सेमा साधारण सेयर (आइपिओ) सूचिकृत गराएपश्चात आजबाट कारोबार खुल्ने भएकाे हाे । बैंककाे आइपिओलाई सेयर काराेबार गर्नका NIFRA संकेत प्रदान गरिएको छ ।


बिहीबार बैंककाे २० करोड कित्ता साधारण सेयर (आइपिओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे । नेप्सेले बैंककाे पहिलो कारोबारका लागि न्युनतम ११३ रूपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रूपैयाँ ८६ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आईतवार ०९:५७