१५ कार्तिक २०८३, शनिबार | Sat Oct 31 2026

ग्लोबल आईएमई बैंकको नयाँ शाखा सिराहाको सुखीपुरमा

२७ माघ, काठमाडाैँ । ग्लोबल आईएमई बैंक लिमिटेडले सिरहा जिल्लाको सुखीपुर नगरपालिका वडा नं. ८, सुखीपुर बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको शुरूआतसँगै बैंकको शाखा कार्यालयको संख्या २६९ पुगेको छ । ग्लोबल आईएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७४ जिल्लामा २६९ शाखा, २४२ एटीएम, २४५ शाखारहित बैंकिङ सेवा, ४७ एक्स्टेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करीब ८०० सेवा केन्द्रबाट ग्राहक वर्गलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ । ‘सबैका लागि बैंक’ भन्ने नारालाई सार्थकता दिँदै बैंकले २२ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : February 9, 2021 at 4:33 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/