नेकपाको जनसभामा २ लाख २४ हजार सहभागीः सल्लाहकार रिमाल (भिडियोसहित)
२४ माघ, काठमाडाैँ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले शुक्रबारको नेकपाको जनसभामा २ लाख २४ हजार नागरिक सहभागी भएको बताउनुभएको छ । शनिबार नुवाकोट काठमाडाैँ सम्पर्कमञ्चको कार्यक्रममा सम्बाेधन गर्दै मुख्य सल्लाहकार रिमालले भन्नुभयो ‘त्रिचन्द्रबाट नारायणहिटीसम्म एक किलोमिटर होला, चौडाई ७० मिटर होला । त्यसको क्षेत्रफल ५ लाख बर्गफिटभन्दा बढी हुन्छ । एउटा मान्छे कति ठाउँ ओगट्यो होला ? सामान्यतया बस्दा २ फिट हुन्छ, ६ फिट राखेर हिसाब गर्दा त्यहाँ १ लाख २४ हजार मान्छे अट्छन् ।’

उहाँले भन्नुभयो ‘सञ्चयकोषतिर ६०० र जयनेपाल हलतिर ५०० मिटर लम्बई र ५० मिटर चौडाईमा ९१ हजार मानिस थिए भने, जम्मा कम्तिमा पनि २ लाख २४ हजार मान्छे थिए । त्यो नियत खराब भएको मान्छेहरुले प्रचार गरे जस्तो एक हजार ५० तिरेर ल्याइएका मान्छे थिए ? सबै स्वस्फूर्त आएका थिए ।’

दायाँबायाँ केपी ओली ‘आई लभ यू’ भन्ने ठूलो मास देखेपछि प्रधानमन्त्री भावुक बनेको र आशु पुछेको उनले सुनाए । ‘कुम जोडेर बस्ने कमरेडहरुले दायाँ फर्किँदा बायाँले हान्ने, बाँया फर्किँदा दायाँले हान्ने गरेर प्राताडन पारिरहेको एउटा अध्यक्षले त्यो मास, जसले प्रत्येक बोलीमा आइ लभ यू भन्दै थियो । त्यसबाट उहाँ भावुक हुनुभयो’ उनले भने, ‘उहाँ अडिनु भयो, आँशु पुछ्नुभयो र तपाईहरुसँग म छु भन्नुभयो ।’
प्रकाशित मिति : 22:39









