३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

एनआईसी एशिया बैंकले फेरि ल्यायाे ३ कम्पनीको शेयर लिलामीमा, कुन कम्पनीको कति कित्ता ?

२० माघ, काठमाडाैँ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको ३ कम्पनीहरूकाे संस्थापक समूहकाे शेयर आजबाट फेरि लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेकाे छ ।

बैंकले नागरिक लगानी कोषको १ लाख ८२ हजार ५ सय ६० कित्ता शेयर, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे १ लाख ७३ हजार ८ सय ४४ कित्ता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे ९२ हजार २ सय ६६ कित्ता संस्थापक समूहकाे शेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे । लगानीकर्ताले न्युनतम १ सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि माघ २६ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन्।

नागरिक लगानी कोष​को सेयर मूल्य प्रतिकित्ता १ हजार ६ सय २३ रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड​को सेयरमूल्य ३ सय ७९ रुपैयाँ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य ५ सय ३० रुपैयाँ तोकिएको छ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । तीन वटै कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलवार १०:३३