३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

समृद्धि फाइनान्सकाे नयाँ शाखा चिप्लेढुङ्गा र भरतपुरमा

१९ माघ, काठमाडाैँ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले पोखरा महानगरपालिका वडा न.४ स्थित चिप्लेढुङ्गा, र भरतपुर महानगरपालिका वडा नं. १ स्थित मिलनरोड नारायणगढ बाट माघ १९ गते देखि आधिकारीक रुपमा नयाँ शाखाहरु सञ्चालनमा ल्याई कारोबार सुरु गरेको छ । उक्त नयाँ शाखाहरु सहित देशभर संस्थाको शाखा सञ्जाल पाँचवटा पुगेको छ ।

संस्थाले आगामि दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ । संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । फाइनान्सले उच्च व्याजदरमा निक्षेप परिचालन गरिरहेको छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार १४:०१