३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

मेगा बैंकको खुद नाफा ३७ प्रतिशतले बढ्यो, अन्य सूचकहरु कस्ता छन् ?

१५ माघ, काठमाडाैँ । मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३० करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३७.२८ प्रतिशत अर्थात ३५ करोड ४२ लाख रुपैयाँले बढी हो। गत आर्थिक वर्ष दोस्रो त्रैमाससम्ममा बैंकले ९५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढ्दा खुद नाफा बढेको हो। दोस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब ६९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५६ करोड ७३ रुपैयाँ धेरै हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २ अर्ब १३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, बैंकको सञ्चालन मुनाफा पनि ४६ करोड ८९ लाख रुपैयाँ बढेर एक अर्ब ८२ करोड ८४ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको यस्तो मुनाफा १ अर्ब ३५ करोड ९७ लाख रुपैयाँ रहेको थियो। बैंकले यस अवधिमा १ खर्ब २८ अर्ब ६२ करोड निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब ३९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

चुक्ता पूँजी १४ अर्ब ६५ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब ९४ करोड रुपैयाँ र रिटेन्ड अर्निङ्ग १ अर्ब ३० करोड रुपैयाँ रहेको छ। यस्तै बैंकको वितरण योग्य मुनाफा ६८ करोड १३ लाख रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा अनुपात भने बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १.४९ प्रतिशत रहेको खराब कर्जा अनुपात यस अवधिमा १.७१ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ९७ पैसा, प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ६४ पैसा र मूल्य आम्दानी अनुपात १५.८० गुणा रहेको छ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार १६:३९