गाउँपालिका र नगरपालिकामा बित्तिय संस्था पुर्याउन योगेश भट्टरार्इको माग
८ असार, काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले सुकुम्बासी समस्या, सडक निर्माणलगायत समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद योगेश भट्टराईले गाउँपालिका र नगरपालिकामा वित्तीय संस्था जान नसकेकाले त्यसको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद भानुभक्त ढकालले देशको विभिन्न स्थानमा देखिएको सुकुम्बासी समस्या समाधानका लागि सरकारसंग आग्रह गर्नुभयो ।
सांसद मीना सुब्बा, रंगमती शाही, राजेन्द्रप्रसाद गौतम, मैनाकुमारी सुब्बा, यज्ञराज सुनारले ठेकेदारले समयमा काम गर्न नसक्दा सार्वसाधारणलाई आवतजावतमा समेत कठिनाइ भइरहेको उल्लेख गर्दै पूर्वाधार निर्माण कार्य तत्काल सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद यशोदा गुरुङ सुवेदीले शून्य समयमा उठेका विषयमा सरकारले जवाफ दिनुपर्ने बताउनुभयो ।
प्रकाशित मिति : June 22, 2018 at 12:29 pm









