१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

कांग्रेस सभापतिहरुको भेला आज सकिदै, सबै सुझाव केन्द्रीय नेतृवले मनन गर्ने तर निर्णय नहुने

८ असार, काठमाडौँ । नेपाली कांग्रसेका जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आज सकिँदै छ । विहीबार नै सबै जिल्लाका सभापतिहरुले बोल्ने क्रम सकिएकाले आज उनीहरुले उठाएका विषयहरुको केन्द्रीय पदाधिकारीहरुले जवाफ दिएर हेटौंडा घोषणापत्र जारी गर्दै भेला सम्पन्न गर्न लागिएको हो ।

असार ५ गतेबाट सुरु भएको जिल्ला सभापतहिरुको भेला आज दिउँसो १ बजेसम्म सक्ने तयारी गरिएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । जिल्ला सभापतिहरुले दिएको सुझावलाई पहिले पारित गर्ने र केन्द्रीय स्तरका पदाधिकारीले सम्बोधन गरेपछि भेला सकिने उनले बताए ।

जिल्ला सभापतिहरुको भेलाबाट कुनैपनि खालका निर्णयहरु नगरीकन सुझावलाई मनन मात्र गरिने शर्माले बताए । अहिलेको सभापतिहरुको भेलामा रामचन्द्र पौडेल पक्ष बलियो भएका कारण पनि पार्टी सभापति शेरबहादुर देउवालाई कुन निर्णय लगेर कमजोर बनाउन सकिन्छ भन्ने रणनितिमा जिल्ला सभापतिहरु लागि परेका छन ।

प्रकाशित मिति : ८ असार २०७५, शुक्रबार ०९:४२